Statement and Course of Action(कथन एवम् कार्यवाही)-
Read Time: 01:00 minutes
यो परिक्षणमा कुनै विशेष घटना वा समस्या उल्लेख भएको एउटा कंथन (Statement) र सोको समाधानका लागि चाल्नुपर्ने कदम वा सुझाव ( दुई वा सो भन्दा बढी) Course of action का रुपमा दिइएको हुन्छ । दिइएका सुझावहरूको आधारमा उपयुक्त विकल्प छनोट गर्नुपर्ने हुन्छ ।
उदाहरण :
प्रश्नमा उल्लेखित समस्या उल्लेख भएको कथन र समाधानक लागि गर्नुपर्ने कार्य वा सुझावहरुका आधारमा उपयुक्त विकल्प छनोट गर्नुहोस।
सरकारी कार्यालयहरूका महत्वपूर्ण मुद्धा अदालतबाट फैसला हुन लामो समय लाग्छ ।
कार्य 1 : अदालतलाई द्रुत कार्य सम्पादन गर्न समर्थ बनाइनुपर्छ।
कार्य 2 : सरकारी कार्यका सम्बन्धित अधिकृतलाई मुद्धाहरूको समाधान गर्न विशेषाधिकार दिनु पर्दछ ।
A. 1 र 2 दुबै अवलम्बन गर्नुपर्छ ।
B. 1 र 2 दुबै लाई अवलम्बन गर्नुपर्दैन ।
C. 1 लाई अवलम्बन गर्नुपर्छ ।
D. 2 लाई अवलम्वन गर्नुपर्छ ।
सहि उत्तर : Option A