Ranking order test (श्रेणीक्रम)
Read Time: 01:00 minutes
सूत्र,
T = L + R - 1
Where,
T = Total (जम्मा)
L = Left Position (अगाडी/बाँया बाटको क्रम)
R = Right Position (पछाडी/बाँया बाटको क्रम)
Type I (जम्मा संख्या निकाल्ने)
Q. हरि कक्षामा अगाडिबाट 8 औं स्थानमा र पछाडिमा 16 औं स्थानमा भए जम्मा विद्यार्थी कति होलान् ?
अगाडिबाट (L) = 8 औं स्थान
पछाडीबाट (R) = 16 औं स्थान
जम्मा (T) = L + R – 1⇒8+16-1⇒ 23 जना।
Type II (जम्मा संख्या दिएर एकातिरको स्थान निकाल्ने)
Q. हरि एउटा लाइनमा अगाडिबाट 8 औं स्थानमा छ । जम्मा ३० जना भएको लाइनमा हरि पछाडीबाट कति औँ स्थानमा होला ?
L = 8, R = ?, T = 30 ⇒ (T = L+R – 1)
अर्थात्, जम्मामा १ जोडेर एकातिरको Rank घटाउने,
31 - 8= 23 जना ।
Type III (Position Change)
Q. हरि अगाडिबाट २० औं स्थानमा छ र सरोज पछाडिबाट २३ औं स्थानमा छ । यदि उनीहरुले आफ्नो स्थान साटफेर गरे र अब प्रकाश अगाडिबाट २७ औं स्थानमा पुग्यो भने लाइनमा जम्मा कति विद्यार्थी छन् ?
( Tips: अगाडि + पछाडि – 1 )
27 + 23 – 1 = 50 – 1 = 49 जना
Type IV (Case of Between)
Q. एउटा लाइनमा जम्मा ७० जना छन् । A अगाडिबाट २० औं स्थानमा र B पछाडिबाट २१ औं स्थानमा छन् र तिनीहरुको ठिक विचमा C भए A र C को विचमा कति जना छन् ?
70 - (20+21) = 70-41= 19
X र Z को बीचमा 9 जना ।
Q. एउटा लाइनमा A अगाडिबाट 7th र B पछाडिबाट 11th स्थानमा छ । तिनीहरुको ठिक बीचमा C छ र अगाडिबाट 15th स्थानमा भए जम्मा कति जना छन् ?
15+7+11 = 33 जना
Q. एउटा लाइनमा 50 जना छन् । A दायाँबाट 27th र B बायाँबाट 27th स्थानमा भए A र B का बीचमा कति जना छन् ?
(27+27) – 50 ⇒ 54-50 =4 -2 = 2 जना ।
नोटः जम्माभन्दा बढी आएमा (-2) गर्ने ।
Type V ( Overlapping )
Q. एउटा लाइनमा A अगाडिबाट 35th स्थानमा र B पछाडीबाट 22th स्थानमा रहेका छन् । यदि उक्त लाइनमा जम्मा 54 जना व्यक्तिहरू छन् भने A र B को बीचमा कति जना व्यक्तिहरू छन् ?
A र B को अगाडि र पछाडिको क्रमको योग =35 + 22 = 57 छ। जुन जम्मा व्यक्तिहरूको संख्या 54 भन्दा ठूलो छ ।
तसर्थ यस्तो अवस्थामा A र B को स्थान Overlap हुन्छ ।
B को स्थानलाई हेर्दा,
R = 22, T = 54, L = ?
T=L+R-1
54 = L + 22 - 1⇒ L= 54 - 21 ⇒ 33
A र B को बीचमा 35 - 33 - 1 = 1 जना व्यक्ति छ ।
Type VI (Case of Maximum and Minimum)
Q. A कुनै लाइनमा अगाडिबाट 3५ औं स्थानमा पर्छ र B पछाडिबाट 4० औं स्थानमा पर्छ भने उक्त लाइनमा अधिकतम र न्यूनतम कति जना होलान् ?
अधिकतम निकाल्दा, दुइवटालाई जोड्ने
⇒ 35+ 40 = 75 जना
न्यूनतम निकाल्दा, ठूलो अंक लेख्ने
⇒ 40 जना ।